एजेन्सी– संसारको सबभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसङले सन् २०२० मा प्राय आफ्ना सबै ग्राहक समक्ष ५ जी चल्न मिल्ने स्मार्टफोनको वितरण सहज गर्ने बताएको छ।
साउथ कोरियन कम्पनी सामसङले सन् २०१९ मा ६७ लाख ग्राहकलाई ५ जी स्मार्टफोनको पहुँच पु¥याएको भनिएको छ। गत वर्ष कम्पनीको वितरण पूर्वानुमान ४० लाख रहेको प्रकाशमा आएको छ। सामसङका स्मार्टफोन ग्यालेक्सी एस टेन फाइभ जी गत वर्षको मे मा बजारमा आएको थियो यसमा हाई स्पीड नेटवर्क रहेको कम्पनीको विश्वास छ।
सामसङसँगका नयाँ ब्राण्डमा एस टेन फाइभ जी, नाेट टेन प्लस् फाइभ जी, ए नाइन्टी फाइभ जी र ग्यालेक्सी फाेल्ड फाइभ जी रहेको बताइएको छ। २०२० को शुरुवातमा कोरियन बजारमा फाइभ जी ट्याबलेट, द ग्यालेक्सी एस सिक्स फाइभ जी ब्राण्डका ट्याब्लेट पनि निस्कने बताइएको छ।
स्यामसङ्ग मोबाइल कम्पनीको अनुसन्धान प्रमुख टि.एम रो भन्छन्,“ हामीले मोबाइलमा छन् फाइभ जी वितरण गर्न लागेका हौँ। स्यामसङ्गका उपभोक्ताका छन् सेवा चलाउन यसले मद्वत गर्नेछ।” स्मामसङ्गको टक्करमा अहिले विश्व बजारमा हुवावे मोबाइल पनि प्रतिस्पर्धी भएको छ। सि.एन.एन