एजेन्सी– कतिपय चलचित्रलाई कस्तो बन्छ त भन्ने कुरा अड्कल गर्नलाई केही सार्वजानिक भएका तस्विरले पनि मद्दत गरिरहेका हुन्छन्। फे्रवुअरी ७ तारिखबाट रिलिज हुन लागेको निर्देशक मोहित सुरीको चलचित्र ‘मलंग’ को फस्टलुक रिलिज गरिएको छ। यो चलचित्रको फस्टलुकमा नायक अदित्य रोय कपुरलाई मात्र देखाइएको छ। अदित्य सुगठित शरीरका साथ देखिएका छन्। यो लुक्सले पनि दर्शकको कौतुहलता अझै बढाइदिएको छ।
चलचित्रको ट्रेलर भने जनवरी ६ मा सार्वजनिक हुने बताइएको छ। यो चलचित्रमा नायक कपुरको साथमा नायिका दिशा पटानीको मुख्य भूमिका छ। लभ स्टोरी चलचित्र निर्देशनमा निर्देशक सुरी निकै नै सफल मानिन्छन्। यसैले पनि उनको यो चलचित्रको प्रतिक्षा दर्शकमा छ। चलचित्र ‘आशिकी–२’ मा मोहित र अदित्यले सहकार्य गरेका थिए। पहिले निकै राम्रो भएको यो जोडीलाई यस सहकार्यबाट पनि राम्रै अपेक्षा गर्न सकिन्छ।