एजेन्सी– दिल्लीमा तत्कालीन भारतीय स्थल सेनाका प्रमुख विपिन रावतसँग भेटघाट गर्दै भूतपूर्व भारतीय गोर्खाका प्रतिनिधिहरू भिडन्त वा दुर्घटनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्।
भारतले भने भिडन्तमा मारिनेहरूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृतकका परिवारलाई बोलाएर अन्त्येष्टि गरिदिने गरेको छ।

भारतले संवेदनशील क्षेत्रमा यसरी खटाउँछ गोर्खा फौजलाई कश्मीरमा गोली चल्दा नेपालमा बेचैनी भिडन्तमा मारिनेहरूको अन्त्येष्टिमा भारतीय सेनाले त्यहाँको राष्ट्रिय झण्डा ओडाउनुका साथै सलामी दिने गरेको भूतपूर्व भारतीय गोर्खाहरू बताउँछन्।
उनीहरूका अनुसार सेनामा कार्यरत नेपाली नागरिकका परिवारले शव नेपाल ल्याउन चाहे भने चाहिँ सहज छैन।तर कतिपयले निकै जोडबल गरेर शव नेपाल नै ल्याएको उदाहरण रहेको संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालका महासचिव कुलबहादुर केसी बताउँछन्।

उनी भन्छन् सबैभन्दा ठूलो पीडा परिवारलाई हुन्छ र उसको परिवारले अन्तिम संस्कार गर्न नपाउनु भनेको निकै दुखदायी कुरा हो ।त्यसैले हामीले भारत सरकारलाई यसबारे पटकपटक अनुरोध गरेका छौँ।
नेपालमा विरोध हुने डर
केसीका अनुसार भारतीय झण्डा ओडाउने र भारतीय सेनाले सलामी दिनुपर्ने हुँदा नेपालमा गर्दा विरोध हुनसक्ने प्रति भारत सचेत छ।
केसी भन्छन् कार्य गर्दा नेपाली भूमिमा विरोध हुनसक्छ, त्यसैले नेपाल सरकारले अनुमति दिए हामी शव नेपालमै पुर्याउने व्यवस्था गरिदिन्छौँ भन्ने खालको कुरा भारत सरकारबाट आएको छ।
गत बुधवार जम्मू-कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भिडन्तमा निधन भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोहोर्याएका हुन्।बीबीसी