काठमाडौँ– मोटरसाइकल प्रति रुचि राख्ने युवा पुस्ताको रुचीलाई ध्यानमा राख्दै विभिन्न मोटरसाइकल कम्पनीले आकर्षक मूल्य, विशेषता, ब्रान्डका मोटरसाइकल बिक्री गर्दै आएका छन्। हाल नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका मोटरसाइकलहरु बिक्री वितरण हुने गरेका छन्।
जस अन्तरगत १ लाख ५० हजार देखि ८५ लाख मूल्यसम्मका मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण भइरहेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सार्वजनिक गरेको मूल्यसूची अनुसार सस्तो बजेटका मोटरसाइकल र स्कुटरको मूल्यसुची यसप्रकार रहेको छ। तर, यो मूल्यमा ५ हजारसम्म तलमाथि भएको हुन सक्ने एसोसिएसनले जनाएको छ।
लामो समयदेखि नेपाली बजारमा मोटरसाइकल बिक्री गर्दै आएका पाँच कम्पनीका तीन लाखभन्दा कम मूल्यका पाँच मोटरसाइकहरू यस्ता छन्।
१.पल्सर १५० डबल डिस्क
बजाजको पल्सर बाइक नेपाली युवामाझ सर्वाधिक लोकप्रिय छ। जस्तोसुकै कठिन बाटोमा पनि पल्सर सजिलै कुदाउन सकिन्छ। सहरका चिल्ला सडकदेखि कठिन हिमाली भेगसम्म पल्सर बाइक कुदेको देखिन्छ। पल्सरलाई ‘अफरोड किङ’ भनेर पनि चिनिन्छ। पल्सर १३०, १५०, १८०, २०० र २२० सिसीमा उपलब्ध छ। तर, पल्सर १५० सर्वा्धिक बिक्री हुनेमा पर्छ ।
विगत एक वर्षअघि परिमार्जन भएको बजाज पल्सर १५० टीडी २ लाख ६४ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ। पल्सर १५० मा १४९.५ सीसी सिंगल सिलिन्डर ट्वाइन स्पार्क मोटर लगाइएको छ। उक्त इन्जिनले १४ पीएस पावरका साथै १३.४ एनएम टर्क उत्पादन गर्छ। इन्जिनमा ५ स्पीड गियरबक्स लगाइएको छ।
यसको स्पेशल एडिशन रातो, कालो र सिल्भर ब्लाक तीन कलर अप्सनमा उपलब्ध रहेको छ।
२.आरटीआर १६० फोर भी
टीभीएस अटोमोबाइलको लागि नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस आरटीआर १६० फोरभी मोडेल नेपाली बजारमा सार्वजनिक गरेको थियो। आरटीआर सिरिजअन्तर्गतको मोटरसाइकल टीभीएस आरटीआर १६० फोरभी १६० सीसीमा रहेको छ, जसले अटोमोबाइल क्षेत्रको बेन्चमार्क बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ।
यो बाइकमा १५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भइन्जिन रहेको उक्त मोटरसाइकल १६.५ पी एस ८००० आर पीएममा र १४.८ एनएम ६५०० आर पीएममा रहेको छ। पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ। यो बाइकमा एलईडी हेडलाइट, एलईडी टेल लाइट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता फिचर रहेका छन्।
टीभीएस अपाचे १६० फोरभी रेसिङ रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रङमा उपलब्ध छ। नेपाली बजारमा आरटीआर १६० फोर भी २ लाख ८९ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ।
३.यामाहा एफजेड भी २
१५० सीसी सेग्मेन्ट अन्तर्गत नेपाली बजारमा सर्वा्धिक रुचाइएको यामाहा एफजेड सिरिजको मोटरसाइकल आकर्षक बनोट, उच्च पर्फमेन्स र फिचरका कारण चर्चामा छ। तिन लाखभन्दा कम मूल्यको आकर्षक बाइक एफजेड भी २ को मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ रहेको छ।
यसमा उपलब्ध फ्युल इन्जेक्शन एयर कुल्ड इन्जिनले ८ हजार आरपीएममा १२.९ बीएच पावरका साथै ६ हजार आरपीएममा १२.८ एनएम टर्क उत्पादन गर्छ। मोटरसाइकलमा डिजीटल स्पिडोमिटर र टेकोमिटर, ट्रिपमिटर, पिलन ग्राबेल, पिलन सिट, फ्युल गज, एलइडी हेडलाइट, एलइडी टेललाइटको विशेषता दिइएको छ।
४.हिरो एक्सट्रिम २००
यो मोटरसाइकलमा २०० सीसी क्षमताको सिङ्गल सिलिन्डर एयरकुल्ड टु–भल्व इन्जिन लगाइएको छ। इन्जिनले ८००० आरपीएममा १८ बीएच पावरका साथै ६५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्छ।
याे बाइकमा एलईडी हेडल्याम्प, फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एबीएस, डिजीटल स्पिडोमिटर, टेकोमिटर, ट्रिपमिटर लगायतका विशेषता दिएको छ। यो सेग्मेन्टको सबैभन्दा सस्तो बाइक एक्सट्रिम २०० को २ लाख ६८ हजार रुपैयाँमा बिक्री हुदै आएको छ।