मुटु माग्यौ भने तिमीले भन मैले क्यार्नु पर्छ
बिमा गर यो मुटुको नत्रभने तिम्ले स्यार्नु पर्छ।
दिई हालेँ भने पनि मैले यो मन मुटु सबैथोक
बाचा गर तिमि आज बदलामा प्यार अर्नु पर्छ।
कसम खाऊ तिमी केवल धोका दिन्न भनि
दुई चार बर्ष पर्ख प्रिय अनि ब्या अर्नु पर्छ ।
अतितका सबै कुरा भुलीदेउ तिमीले पनि
दुबै मिली बिगतमा पानाहरु सबै च्यात्नु पर्छ।
आइलागे शत्रु हातमा दहि जमाएर बस्नुहुन्न
घेरा हाली पिरतीका बाणले स्वाहा पार्नु पर्छ।
लेखकः पि. आर. रविन्स हाल, दुबई