काठमाडौं– दुई सातााअघि काठमाडौं भित्रिएका उखु किसान हाल आन्दोलमा उत्रिएका छन्। उनीहरुलाई चिनी मिलले पैसा नदिएपछि काडमाडौं आाएका हुन्।
माइतीघर मण्डलामा उनीहरू आफूले पाउनुपर्ने पैसा दिनुपर्ने भन्दै धर्ना दिइरहेका छन्। एकसरो लुगामा काठमाडौं छिरेका उखु किसान काठमाडौंको चिसोमा काँप्दै मन्त्री भेट्न, माइतीघरमा प्रदर्शन गरिरहेका छन्।
तिनै उखु किसानलाई कांग्रेस नेता राजेन्द्र बजगाईंले न्यानो ज्याकेट वितरण गरेका छन्। नेता बजगाइको अनुसार सरकारले उनीहरूको माग सुन्ने छाँटकाँट देखाएको छैन।
बजगाईंले काठमाडौंमा चिसो बढेको त्यसैमाथिपनि झरी परेको हुनाले उनीहरूलाई चिसोबाट जोगिन ५० जनालाई एक–एक वटा डाउन ज्याकेट दिएको बताएका छन्। बजगाईं उखु किसानको मागमा ऐक्यबद्धता जनाउन शुक्रबार माइतीघर पुगेका थिए।