एजेन्सी– हाेन्डाले प्रिमियम कम्युटर मोटरसाइकल निर्माण गर्ने तयारी गरेको छ। कम्पनीले उक्त मोडलको प्याटेन्ट इमेज सार्वजनिक गर्दै सिबी हर्नेट मोटरसाइकलमा आधारित नियो–रेट्रो स्क्राम्बलर स्टाइलमा निर्माण हुने जनाएको हो।
नयाँ मोडलमा एयर कुल्ड इन्जिन तथा फ्रेम, अलोय ह्वील, सिंगल डाउन ट्युब चेसिसको फिचर दिइएको छ। सिबी हर्नेटकै डिजाइनमा निर्माण हुने सो मोडलमा फ्रन्ट यूएसडी सस्पेन्सन हुनेछ।
मोडलमा सिबी ३०० आर र सिबी १००० आरको जस्तै राउन्ड हेडल्याम्प, मस्कुलर र चिसेल्ड बडिवर्क, स्लिक टेल सेक्सनको फिचर दिइएको छ । नयाँ मोडलमा बिएस ६ मापदण्ड आधारित पावरट्रेन लगाइने कम्पनीले जनाएको छ।