एजेन्सी– जे कुराले व्यापारिक रुपमा सफलता पाउँछ त्यो कुरालाई सिनेमा मेकरले पछ्याउनु स्वभाविकै हो। अहिले बलिउडमा बायोपिक चलचित्रको लहर चलेको छ। बायोपिक चलचित्रले व्यापारिक रुपमा सफलता पाएपछि बलिउडमा यसको लहर चलेको हो। गतबर्ष पनि केही बायोपिक चलचित्रले राम्रो व्यापार गरे। यसैले पनि चलचित्रका मेकरहरु अहिले बायोपिक कथामा चलचित्र बनाउन लागिपरेका छन्।
यो बर्ष बलिउडमा केही यस्ता चलचित्र छन्, जसले व्यापारिक रुपमा पनि सफलता पाउने अपेक्षा गरिएको छ। यो बर्षको शुरुवातमै नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र ‘छपाक’ रिलिज हुँदैछ। नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहेको यो चलचित्र एसिड पीडित लक्ष्मी अग्रवालको कथामा आधारित छ। हुनत, यो चलचित्रको निर्माण पक्षले यसलाई बायोपिक भनेको छैन। तर, पनि लक्ष्मी अग्रवालको कथामा यो चलचित्र बनेको प्रष्ट छ।
यस्तै, क्रिकेटर कपिल देवको बायोपिक कथामा बनेको चलचित्र ‘रणवीर सिंह’ पनि यो बर्ष रिलिज हुँदैछ। चलचित्रको नाम ‘८३’ हो। यो चलचित्रका लागि कपिलले मिहिनेत पनि गरेका छन्। नायिका कंगना रनावतको मुख्य भूमिका रहेको चलचित्र ‘थलाभी’ पनि यो बर्ष रिलिज हुँदैछ। यो जयललिताको बायोपिक चलचित्र हो। तामिलनाडुकी मुख्यमन्त्री समेत रहिसकेकी जयललिताको भूमिकामा कंगना कस्तो देखिने हुन्, चलचित्र रिलिज भएपछि थाहा हुनेछ। तर, यो बायोपिक पनि दर्शकका लागि प्रतिक्षामा छ।नायिका विद्या बालन शकुन्तलादेवी नामक चलचित्रमा काम गरिरहेकी छिन्।
यो चलचित्र शकुन्तलादेवीको कथामा निर्माण भएको छ, जसलाई ह्यूमन कप्युटरको नामले पनि चिनिन्थ्यो। यो चलचित्रका लागि विद्याले खुबै मिहिनेत पनि गरिरहेकी छिन्। नायिका परिणिती चोपडा यो बर्ष ब्याडमिन्टन खेलाडी साइना नेहवालको भूमिकामा देखिदैछिन्। यो चलचित्रका लागि उनी निकै मिहिनेत पनि गरिरहेकी छिन्। यी पाँच बायोपिक यो बर्षकै प्रतिक्षित चलचित्र हुन्। जे होस यस्ता सिनेमाले एकातिर यथार्थत झल्काउँछन् भने अर्कोतिर व्यापारिक रुपमा सफलता हाँसिल गरेका छन्।