काठमाडाैं– विगत केहि दिनदेखि आन्दाेलनरत उखु किसान र सरकारबीच सहमति भएकाे छ। शुक्रबार साँझ ५ बुँदे सहमति भएकाे हाे।
उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो। यससँगै उखु किसानको आन्दोलन स्थगित छ। सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ।
साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको बताइएकाे छ।