काठमाडौ– सरकारले विद्युतको आन्तरिक खपत बढाउन विद्युतीय चुलोमा अनुदान दिने योजना बनाएको छ। ग्यासमा दिँदै आएको अनुदान कटाएर विद्युतीय चुल्होमा अनुदान दिने सरकारको योजना छ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय चुलो प्रर्वद्धन गर्ने बेला भएको बताए। अहिले १० हजार चुलोमा अनुदान दिने र बिस्तारै बढाउँदै लैजाने योजना सरकारले बनाएको उनको भनाइछ।
यस्तो अनुदान आगामी बजेटबाट सुरु गर्ने तयारी छ। विद्युतीय चुलोमा ३५ सय रुपैयाँसम्म छुट दिने गरी तयारी भएको छ। कर्मचारीले प्राधिकरणको बोर्ड बैंठकमा यसको प्रस्ताव गएको बताए। अब यो कम्पनीको निर्णय प्राधिकरणले गर्नेछ।
मन्त्री पुनले १० युनिटसम्म विद्युतलाई निशुल्क गर्ने योजना समेत बनाइएको छ। १० युनिट भन्दा बढीकालाई मात्रै शुल्क लिने विषयमा पनि गृहकार्य भइरहेको मन्त्री पुनको भनाइ छ। १० युनिटसम्मका ग्राहक करिब ७ लाख छन्।