एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र इस्पान्योल भिड्दैछन्। क्याटलोनियाका दुई क्लबबीचको खेललाई क्याटलान डर्बी पनि भनिन्छ।
इस्पान्योलको घरेलु मैदानमा हुने खेल राति १ः४५ बजे शुरु हुनेछ। घरेलु दर्शकको बीचमा लिग लिडर बार्सिलोनालाई स्तब्ध पार्दै इस्पान्योल ३ अंक हात पार्ने दाउमा छ। त्यस्तै वर्ष २०२० को पहिलो खेलमा जित निकाल्दै बार्सिलोना वर्षको शुखद शुरुवात गर्ने दाउमा छ।
लिगमा शीर्षता कायम गर्न बार्सिलोनाले आजको खेल जित्नैपर्ने हुन्छ। गोलरक्षक मार्क टर स्टिगनबिना मैदान उत्रिने तयारीमा रहेको बार्सिलोनाले यसअघि इस्पान्योलसँग भएको खेलमा २–० को जित निकालेको थियो।