एजेन्सी– अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ।
यो भाउ अहिलेसम्मकै महंगो हो। इराकको राजधानी बग्दादमा शुक्रबार अमेरिकाले गरेको आक्रमणमा इरानी सेनाको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि तेलको भाउ बढेको हो।
विश्लेषकले अमेरिकी आक्रमणपछि क्षेत्रीय तनाब बढ्न सक्ने र विश्व तेल उत्पादनमा असर पर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्द सुरु गर्न नभई बन्द गर्न सुलेमानीको हत्या गरेको प्रतिक्रिया दिनुभएको छ।
पेन्टागनले आक्रमणलाई प्रतिरक्षा कदम भनेको छ। इरानले भने आक्रमणलाई अन्तर्राष्ट्रिय आतंकवादको संज्ञा दिँदै कडा बदला लिने चेतावनी दिएको छ।