एजेन्सी–अमेरिकाले इराकमा दोस्रो दिन पनि हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा ६को मृत्यु भएको रिपोर्ट आएको छ।
शुक्रबार भएको आक्रमणमा अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली कमाण्डर जनरल कासिम सुलेमानीलाई बग्दादमा मारेको थियो।
सुत्रका अनुसार अमेरिकी ड्रोन्सले शुक्रबार राती बग्दादको शिया विद्रोही संगठन पपुलर मोबाइलाजेशन फोर्स पीएमएफ का समूहमाथि आक्रमण गरेको थियो।
यसमा कम्तिमा ६ को मृत्यु भयो। समाचार संस्था अल जजिराका अनुसार आक्रमणमा मारिएकामध्ये केही चिकित्सक पनि छन्।रिपोर्टसका अनुसार बग्दादको पूर्वी क्षेत्रमा रहेको ताजी शहरमा मानिसले बम विस्फोटको आवाज सुनेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राती इरानी जनरलविरुद्ध कारबाही गरेर पत्रकार सम्मेलन गरेका थिए। ट्रम्पले दुई देशबीच सम्भावित युद्ध रोक्नका लागि जनरल कासिमलाई मार्ने निर्णय लिएको बताए।