काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस भएको छ। अध्यक्ष छनौट गर्न बनाइएको समितिले ३ जनाको नाम सिफारिस गरेको हो।
समितिले अध्यक्षको लागि भीष्मराज ढुंगाना, निरज गिरीलाई बोर्डको अध्यक्षको लागि सिफारिस गरेको हो। सिफारिस भएका तीनको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा पठाउने छन् ।
त्यसमध्येबाटसरकारले अध्यक्षमा नियुक्त गर्ने छ। आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यक्षको नाम टुंगो लगाउनेछ। अध्यक्षले आगामी ४ वर्ष बोर्डमा नेतृत्व गर्नेछ। स्रोतकाअनुसार ढुंगाना अध्यक्ष बन्ने सम्भावना उच्च छ।
छनौट समितिले आवेदन दिएका ८ जनामध्येबाट पहिलो चरणमा ५ जनालाई सटलिस्ट गरेको थियो। उनीहरुको योग्यता, अन्तर्वाता र प्रस्तुतिको आधारमा सोमबार समितिले तीन जनाको नाम अर्थमन्त्रालयलाई सिफारिस गरेको हो।
गत असोज ४ मा अध्यक्ष रेवतबहादुर कार्की सेवा अवधिका आधारमा अवकास पाएपछि बोर्डको अध्यक्ष पद खालि थियो।अध्यक्ष सिफारिसको लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुँगाना र आइक्यानका अध्यक्ष आचार्य सदस्य रहेको छनोट समिति बनाएको थियो। याे अवधि ४ वर्षको हुन्छ।