काठमाडौं– शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ।
पदाधिकारी बैठकले राष्ट्रियसभाका १४ उम्मेदवार तय गरेको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ६ का दुई उम्मेदवारको भने टुंगो लाग्न बाँकी रहेको बताए।
प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्ऽ घिमिरेलाई उम्मेदवार बनाइएको छ। प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यकरअपाङ्गताको कोटामा भोला पन्जियार तथा प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठलाई उम्मेदार बनाइएका छन्।
यस्त्र गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंकरअपांगता कोटामा मेराज हलवाईले टिकट पाएका छन्। प्रदेश महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय लिएको छ।