धादिङ –मनकामना दर्शन गरेर फर्कदै गरेको यात्रुवहाक बस पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका कदमखोलामा दुर्घटना भएको छ।
आज शनिबार दिउँसो मनकामना दर्शन गरेर फर्कदै गरेको बा ४ ख ४३७९ को डिलक्स बस दुर्घटना भएको हो।दुर्घटनामा करिब एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएको धादिङ प्रहरीले जानकारी दिएका छन्।
काठमाडौं मुग्लिनतर्फ गइरहेको यात्रुवहाक बस लाई साइट दिने क्रममा बस दुर्घटना भएको प्रत्यक्षदर्शी चेपाङले बताए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।