काठमाडौं– मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको मुर्ति स्थापना गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको बुद्धको मुर्तिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भटराईले आज शनिबार अनावरण गरेका छन्।
अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्ने क्रममा आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापित गरिएको हो। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थलनमा स्थापना गरिएको बुद्धको प्रतिमा झण्डै एक टन बराबर रहेको छ। बगैँचाहरुको व्यवस्थापन गर्नेदेखि गैँडाका मुर्ति राख्ने काम भएका छन्।