काठमाडौं– नेपाल शिक्षक महासङ्घको मुगु जिल्ला सदस्य सुरेशकुमार उपाध्याय एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश गरेका छन्।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाका उपाध्याय महासङ्घ परित्याग गरी शिक्षक सङ्गठनमा प्रवेश गरेको हो। उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले सङ्गठनमा प्रवेश गराएको हो।
उपाध्याय नेपाली काँग्रेसको क्रियाशील सदस्यसमेत हुन्थे। उपाध्यायले आफू पहिल्यैदेखि कम्युनिष्ट विचारधारको भएपनि परिवारको दबाबका कारण काँग्रेसमा आबद्ध हुँदै आएको बताए।
सो अवसरमा इन्चार्ज शर्माले कर्णालीका साथै मुलुकको विकासका लागि युवा तथा बुद्धिजीविको एकता अपरिहार्य रहेको बताएका छन्। नवप्रवेशीलाई उचित जिम्मेवारी दिएर अगाडि बढ्ने उनको भनाइ थियो। (रासस)