बेझाड– पाल्पा रामपुर नगरपालिका–७ स्थित विजय प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।
गरिमा विकास बैंक लिमिटेड शाखा कार्यालय रामपुरले सामाजिक उत्तरदायित्व बहन गर्दै ५८ बालबालिकालाई शनिबार कपडा वितरण गरेको हो। पुसको कठ्याङ्गिँदा्े जाडोमा न्यानो कपडा स्वीटर पाएपछि बालबालिका खुशी भएका छन्।
शाखा कार्यालय रामपुरका प्रमुख रमेश घिमिरेले बालबालिकाको शैक्षिकस्तर माथि उठाउन सबैले सहयोग गर्नुपर्छ भने। रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कपडा वितरण गर्दै बालबालिकाको शिक्षा र स्वास्थ्यमा नगरपालिकाले विशेष ध्यान दिएको जानकारी दिएका छन्।
गरिमा विकास बैंकले विद्यालयमा आएर साना–साना बालबालिकालाई स्वीटर सहयोग गरेकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले खुशी व्यक्त गरे।
विद्यालय स्थापनाको ५०औँ वर्ष पुगे पनि शैक्षिक क्षेत्रमा सुधार आउन सकेको छैन। हाल यहाँ नर्सरीदेखि कक्षा ४ सम्म पठनपाठन हुँदै आइरहेको छ। (रासस)