एजेन्सी– इरानले गत बिहीबार अमेरिकाद्वारा मारिएका सैनिक कमान्डर कासिम सुलेमानीको जिम्मेवारी हेर्नेगरी नयाँ कमान्डर इस्मेइल घानीलाई तोकेको छ। उनी इराकसँगको ८ वर्ष लामो युद्धमा सन् १९८०को दशकमा सामेल थिए। त्यसपछि स्थापना भएको कुड्स फोर्समा पनि उनी सामेल थिए।
इरानले बिहीबारको घटनालाई लिएर बदला लिने घोषणा गरेकै समयमा नयाँ कमाण्डरको समेत घोषणा गरेको हो।कुड्स फोर्स १ लाख २५ हजार बलियो रिभुलस्नरीको समूह हो।
सो समूह इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमिनीप्रति मात्रै जवाफदेही हुने गरेको छ।यद्यपि ६२ वर्षिय घानीको बारेमा विस्तृत जानकारी भने दिइएको छैन।