एजेन्सी– अमेरीका र इरानबीचको सम्बन्ध बिग्रँदो अवसस्थामा रहेको छ। अमेरीकाले बग्दादस्थित विमानस्थलमा आक्रमण गरी इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारेको थियो।
त्यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका छन। सुरु गर्न नभएर त्यसको अन्त्यका लागि बग्दादस्थित विमानस्थलमा आक्रमण गरेको बताएका ट्रम्पले त्यसलगत्तै यस्तो धम्की दिएका हुन्।
यसअघि आफ्ना सैन्य कमान्डर अमेरिकी हवाई आक्रमणमा मारिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनीले अमेरिकासँग उचित बदला लिने चेतावनी दिएका थिए। इरानले सुलेमानी हत्याको उचित बदला लिने धम्की दिएसँगै ट्रम्पले अमेरिकी जनता र सम्पत्तिमाथि आक्रमण भए इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका हुन्।