काठमाडौं– नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ९ जनाबीच रस्साकस्सी हुने भएको छ। पुस महिनाबाट बोर्डको कार्यकारी प्रमुख पद रिक्त हुने भएपछि बोर्डले कार्यविधि नै बनाएर खुला विज्ञापन आहृवान गरेको थियो।
सोहि पद पूर्तिका लागि हुन लागेको प्रतिस्पर्धामा निवर्तमान दीपकराज जोशीसमेत छन्। धेरै जनाले आवेदन दिएपनि त्यसबाट ९ जनाको नाम छनोट गरिएको हो। ९ जनामा जोशीसँगै काशीराज भण्डारी, दीपक बस्ताकोटी, बोर्डमा हाल कार्यकारी प्रमुखकै भूमिका निर्वाह गरिरहेका दीपकराज जोशी र धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐर रहेका छन्।
छनोट भएका ९ जनााबट कार्यकारी प्रमुख चयन गर्न आउँदो माघ २ र ३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता राखिएको बोर्डको सचिवालयले जनाएको छ।