चितवन– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्। उनको अनुसार सरकारका कमजोरीको खबरदारी गर्नुपनर्छ। सरकार स्थिर बनेपनि जनताले उसलाई घचघच्याउनु पर्ने उनले धारण राखे।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थिर सरकार भएकाले निराश नहुन सबैलाई आग्रह गरे।
शर्माले भने, ‘शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस्। सबै सरकारलाई सघाउनुपर्छ। सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनुपर्छ।’
प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञान मात्र नभई संस्कार पनि सिकाउनु पर्नेमा जाोड दिए। विसं २०२७ मा स्थापना भएको सो विद्यालयले पुस १३ गतेदेखि पुस १९ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो।