काठमाडौं– ‘कामना फिल्म अवार्ड’ को पाँचौ संकरणमा चलचित्र ‘प्रसाद’ उत्कृष्ट ठहरिएको छ। यो चलचित्रबाट दिनेश राउतले ‘उत्कृष्ट निर्देशक’ को अवार्ड हात पारे। यस्तै, यही चलचित्रबाट नम्रता श्रेष्ठले ‘उत्कृष्ट नायिका’ को अवार्ड हात पार्दा विपिन कार्कीले ‘उत्कृष्ट नायक’ को अवार्डको जितेका छन्। त्यसैगरी नीर शाह र सन्तु तामाङलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। चलचित्र ‘प्रसाद’ बाटै सुशिल पौडेलले ‘उत्कृष्ट पटकथा’ को अवार्ड जितेका छन्। यस्तै, नायिका स्वस्तिमा खड्काले ‘कामना पब्लिक च्वाइस अवार्ड’ जितेकी छिन्।
यस्तै, उत्कृष्ट ‘सह–अभिनेता’ मा दयाहाङ राइले चलचित्र ‘साइँली’ बाट अवार्ड जित्दा ‘सह–अभिनेत्री’ को अवार्ड नायिका प्रियंका कार्कीले ‘नाई नभन्नु ल–५’ बाट प्राप्त गरिन्। नव–नायकको अवार्ड चलचित्र ‘बोबी’ बाट उमेश थापाले जित्दा सुहाना थापाले चलचित्र ‘ए मेरो हजुर–३’ बाट ‘उत्कृष्ट नव–नायिका’ को अवार्ड जितिन्। यस्तै, चलचित्र ‘डमरुको डण्डिबियो’ बाट खगेन्द्र लामिछानेले ‘उत्कृष्ट कथाकार’ को अवार्ड जिते भने यही चलचित्रबाट छेतेन गुरुङले ‘उत्कृष्ट नव–निर्देशक’ को अवार्ड प्राप्त गरे।
खलपात्रको अवार्ड चलचित्र ‘कथा काठमाण्डु’ बाट प्रमोद अग्रहरिले प्राप्त गर्दा चलचित्र ‘डमरुको डण्डिबियो’ बाट निमेष श्रेष्ठले ‘उत्कृष्ट सम्पादक’ को अवार्ड जिते। दीपकराज गिरीले चलचित्र ‘छक्का पन्जा–३’ बाट ‘उत्कृष्ट संवाद’ को अवार्ड जित्दै गर्दा यही चलचित्रबाट ‘उत्कृष्ट हाँस्य कलाकार’ को अवार्ड केदार घिमिरेले प्राप्त गरे। बाल–कलाकारको विधामा सेड्रिना शर्माले चलचित्र ‘नाई नभन्नु ल–५’ बाट अवार्ड प्राप्त गरिन्। यस्तै, चलचित्र ‘भिलेन’ बाट शुक्रराज शाहले ‘उत्कृष्ट द्धन्द्ध निर्देशक’ को अवार्ड प्राप्त गर्दा एलिस कार्कीले चलचित्र ‘डमरुको डण्डिबियो’ बाट ‘उत्कृष्ट पाश्र्व संगीत’ विधामा अवार्ड प्राप्त गरे।
‘उत्कृष्ट संगीतकार’ को विधामा बसन्त सापकोटाले चलचित्र ‘नाई नभन्नु ल ५’ बाट अवार्ड प्राप्त गर्दा यही चलचित्रबाट दिनेश थपलियाले ‘उत्कृष्ट गीतकार’ को विधामा अवार्ड जितेका थिए। ‘नाई नभन्नु ल–५’ बाटै पुरुषोत्तम प्रधानले ‘उत्कृष्ट छायाँङ्कार’ को विधामा अवार्ड जितेका थिए। उत्कृष्ट पाश्र्व गायन विधामा हेमन्त रानाले ‘साइँली’ चलचित्रबाट अवार्ड जिते। चलचित्र ‘छक्का पन्जा–३’ बाट सुनयमान श्रेष्ठले ‘उत्कृष्ट ध्वनी मिश्रण’ को अवार्ड जित्दै गर्दा श्याम लामाले चलचित्र ‘चक्कर’ बाट ‘उत्कृष्ट श्रृङ्गार’ विधामा अवार्ड प्राप्त गरेका थिए।
अवार्ड समारोहमा ‘पुस्करलाल मिडिया अवार्ड’ बाट आरे के मानन्धरलाई सम्मानित गरिएको थियो। यी बाहेक ‘क्रिटिकस अवार्ड थिएटर’ विधामा श्रृजना सुब्बा, क्रिटिक्स अवार्ड फेसनमा ज्ञानी शोभा तुलाधर, क्रिटिक्स अवार्ड संगीतमा न्ह्यू बज्रचार्यले अवार्ड प्राप्त गरे। ‘जुरी अवार्ड’ चलचित्र ‘हरि’ लाई प्रदान गरिएको थियो। अवार्ड समारोहलाई काठमाण्डौको चिसो मौसमले केही असर गरेको देखियो। तर, कलाकारहरुको उपस्थिती अवार्ड समारोहमा राम्रै थियो। कार्यक्रममा विभिन्न कलाकारले नृत्य, गायन तथा कमेडी प्रस्तुति पस्केका थिए। नायक राजेश हमालको कार्यक्रम सञ्चालन कार्यक्रमको आकर्षणमा थियो। पछिल्लो समय अवार्ड कार्यक्रममा अवार्ड पाउनेहरु मात्र उपस्थित रहेको अवस्थामा समग्रमा ‘कामना अवार्ड’ एकदमै भब्य रुपमा सम्पन्न भयो।