काठमाडौं– प्रायः नेपालीहरुलाई बिहान उठेपछि एक कप चिया पिउनैपर्छ। झन्, सहरी क्षेत्रमा त भेटघाट वा छलफलमा चिया बहाना नै बन्ने गरेको छ। तर, चिया बढी पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर र्पुयाउन सक्छ। यद्यपि, शरीरलाई फाइदा र्पुयाउने चिया पनि छन्। जसमा एउटा हो, ल्वाङ चिया। ल्वाङवाला चिया अदुवा र अलैँची चियाभन्दा पनि बढी फाइदाजनक हुन्छ।
त्यसैले यस्तो चियाको प्रयोग गर्ने बानी बसाउँदा स्वस्थ्यमा लाभ हुन्छ। यस्तो चिया पिउनुको सबैभन्दा बढी फाइदा रुघाखोकीबाट बच्नका लागि मद्दत गर्दछ। अहिले एसिडिटी पनि आमसमस्या बन्दै गएको छ। यस्तो हुँदा पेट दुख्ने, पोल्नेजस्ता समस्या पनि हुने गर्छ।
यस्तो समस्या हुने मानिसले ल्वाङ चिया पिउँदा त्यसमा भएको औषधीय गुणले पेटलाई आराम प्रदान गर्छ।दाँतको दुखाइ छ भने पनि ल्वाङको चिया सेवन गर्दा हुन्छ। यस्तो चियाले दाँत दुखाइमा राहत प्रदान गर्छ। ल्वाङ दाँत दुख्ने समस्याका लागि निकै फाइदाजनक मानिन्छ। त्यसकारण ल्वाङचिया खानुका यस्ता छन् फाइदाहरूः
मुटुको समस्या– दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ। यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ।
एसिडिटी– ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन।
घाउ– ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ।
रोगसँग लड्ने क्षमता– यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ।
अनुहारमा चमक– दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ।
नरम छाला– ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ।
आँखाका लागि– अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ।
दाँत दुखाई– ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ।
पिनास– यसमा ‘युजेनल’ पाइन्छ। बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ।