एजेन्स– इराकको राजधानी बागदाद सहित विभिन्न क्षेत्रमा रकेट हमला भएको छ। रकेट हमला अमेरिकी दूतावास सहित अमेरिकी सेना रहेको हमला भएको छ।
इराकी सेनालाई उद्दत गर्दै बीबीसीले उल्लेख गरेअनुसार,रकेट हमलामा कुनै मानवीय क्षती भने भएको छैन । इरानका उच्च सैन्य कमाण्डर कासिम सुलेमानी अमेरिकी आक्रमणबाट मारिए पछि अमेरिकी दूतावास र सेना लक्षित रकेट हमला गरिएको छ।
यस क्षेत्रमा यसअघि पनि हमला हुँदै आएको थियो। तर, सुलेमानी मारिए पछि हमला मत्थर हुने अमेरिकाले जनाएको छ । इरानले भने उच्च सैन्य कमाण्डर हत्याको बदला लिने प्रतिक्रिया दिएको छ।
सुलेमानीको शोक मनाइन इराकमा ठूलो संख्यामा सहभागी सडकमा उत्रिएका छन् । तीन दिने शोक पछि सुलेमानीको गृहनगर इराकमा अन्त्येष्टि गरिने घोषणा गरिएको छ ।