काठमाडौं– नेपाली चलचित्रकी लोकप्रिय नायिका ऋचा शर्मालाई मातृशोक परेको छ। उनकी आमा रिनादेवी शर्माको ६७ बर्षको उमेरमा निधन भएको हो। उनको पौस १८ गते राती निधन भएको हो। केही हप्ता अगाडि मात्र नायिका ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिएकी थिइन्। उनले, दिपेक्ष विक्रम रानासँग बिहे गरेकी थिइन्।
ऋचाको बिहेको समयमा नै उनकी आमा बिरामी थिइन्। केही समय अगाडि नायिका शर्माले बिहेपछि पनि आमा बिरामी भएकाले आफू हस्पिटलमै बढी बसेको बताएकी थिइन्। उनले सबै कुरा बाहिर नल्याएतापनि पारिवारिक कुराले उनको विवाह छिट्टै भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ।