कास्की– नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन्।
केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट मनोनयन दर्ता गराएका हुन्।
यस्तै नेकपाबाट भगवती न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन्। न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ रहेकी छन्।
श्रेष्ठ र न्यौपानेलाई नेकपाले गण्डकी प्रदेशबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार चयन गरेको थियो। दुई वर्षे कार्यकाल सकिएका १९ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आयोगले माघ १० गते चुनाव गर्न लागेको हो।