झापा– झापाको धुलाबारी हुँदै ज्यामिरगढी– भद्रपुर सडकखण्ड र धुलाबारी–इरौटार सडकखण्ड कालोपत्र हुने भएको छ।
१ नं प्रदेश सरकारले धुलाबारी–भद्रपुर सडकखण्डका लागि रु २५ करोड ३२ लाख ८४ हजार ८२२ र धुलाबारी–इरौँटार सडकखण्डका लागि रु ४६ करोड २३ लाख ८२ हजार ९८३ बजेट विनियोजन गरेसँगै दुईवटा सडक कालोपत्र हुने भएका हुन्।
दुई चरणमा हुने कालोपत्रको शिलान्यास प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गरे। धुलाबारी–भद्रपुर सडकखण्ड हिम्डुङ्ग एन्ड थोकर सरोज जेभीले कालोपत्र गर्ने भएको छ।
सो सडक २०७९ साल असार ३१ गतेसम्ममा निर्माणसम्पन्न गर्ने सहमति भएको छ। यसैगरी प्याकेज २ मा धुलाबारी– इरौँटार सडकखण्ड कालोपत्र हुने भएको छ।
कन्काई झापाली जेभी विर्तामोडले निर्माणको जिम्मा लिएको सो सडक २०७९ साल असार ३१ ग्ते निर्माणसम्पन्न गर्ने सम्झौता भएको छ। (रासस)