काठमाडौं– मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म महत्वपूर्ण प्रभाव पारेको हुन्छ। मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो।
त्यसकारण यसप्रति सावधान हुनैपर्छ, विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी र्पुयाउने गर्छ। यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो जम्मा भई मुटुुमा अवरोध गर्छ। जसका कारण रक्तधमनीमा रगतको सञ्चार राम्रोसित हुन नसकी मुटुको समस्या निम्त्याउछ।
यस्ता खानेकुराले हृदयाघातको जोखिम बढ्नेः
पिज्जा तथा फ्राइड राइसः खाजामा होस् वा नाश्तामा हिजोआज पिज्जा , मम, फ्राइड राईस लगायतका फास्टफुड धेरैको रोजाईमा पर्ने गर्छ। जबकी यस्ता फास्टफुटमा मैदा तथा पोलिस गरिएको चामलको अधिकतम प्रयोग हुने गर्दछ।
मैदा तथा पोलिस गरिएको चामललाई रिफाइन गर्दा नै त्यसमा भएको तत्व भिटामिन बी १ अर्थात थियामिन नष्ट हुने गर्छ। थियामिन नष्ट भएमा यस्ता खानालाई पचाउन कलेजोलाई र्गाहो हुन्छ र कलेजोले उक्त प्रक्रियालाई पूरा गर्न शरीरमै भएको भिटामिन बी १ प्रयोग गर्न थाल्छ। परिणाम स्वरुप यस्ता खानेकुराको मुटुको समस्या बढाउने गर्छ।
वोसोयुक्त आहारः
तेल तथा घयुबाट बनेका परिकारमा अधिक मात्रामा चिल्लो तथा वोसो पाइन्छ, जसको अधिक सेवनल मुटु सम्बन्धि समस्या निम्त्याउने गर्छ। विशेषगरी, समोसा, पकौडा, पुरी लगायत तेलबाट पकाइने खानेकुरामा तेल तथा क्यालोरीको मात्रा अधिक हुन्छ। अधिक मात्रामा क्यालोरीको सेवन शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ। त्यसैगरी, जब तेललाई एक हटसम्म तताइन्छ, तब उक्त तेल ट्रान्सफैटमा बद्लिन्छ, जुन हृदय वा मुटुको लागि निकै हानीकारक छ।
ननभेजः
ननभेज अर्थात् मांसहारी भोजन। मांसहारी भोजनका कयौं फाइदाहरु छन्। यसले शरीरमा मासुुबाट पाइने प्रोटिनको प्रवाह गर्दछ। तर आवश्यक्ता भन्दा बढी मात्रामा प्रोटिनको सेवन गर्नाले मुटुको समस्या निम्तने गर्छ। विशेषगरी, मांसाहारी भोजनमा स्याचुरेटेड फ्याट तथा कोलेस्ट्रोल अधिक मात्रामा पाइन्छ। जसल गर्दा रक्तधमनी कडा भई त्यसमा अवरोध खडा हुन्छ र हार्ट अट्याक तथा हार्ट व्लक लगायतका समस्या निम्तने गर्दछ।
चिसो पेय पदार्थः
सोडा, कोकाकोला, लगायतका चिसो पेय पदार्थ पनि स्वास्थ्यका लागि पनि निकै हानीकारक छ। सोडो तथा चिसो सय पदार्थमा चिनीको मात्रा अधिक हुन्छ। जसको सेवनले रगतमा चिनीको मात्रा त बढाउँछ नै, यसमा पाइने विभिन्न तत्वले शरीरमा डिप्रेशनका हर्मोनलाई समेत एक्टिभ राख्ने हुदाँ यसको सेवनले मुटु तथा मस्तिष्क दुवैलाई प्रभावित पार्ने गर्छ।
यस रोगको घरेलु उपचारः
– एउटा अमला र एउटा मिस्र्री लिनुहोस् र त्यसलाई पिनेर धूलो बनाउनुहोस् र मिसाउनुहोस्। यसको प्रयोग हरेक बिहान दुई चम्चा पानी सँग प्रयोग गर्दा मुटुको रोग र ब्लड प्रेसरमा पनि कमि आउने छ।
– एउटा प्याज लिनुहोस् र त्यसलाई पिनेर त्यसको जुस निकाल्नुहोस्। अब दुई चम्चा प्याजको जुस र शुद्ध मह मिसाउनुहोस् र यसको प्रयोग दिनमा तिन पटक प्रयोग गरेमा ब्लड प्रेसर र मुटुको रोग भएकोलाई धेरै फइदा गर्दछ। सधैँ खाना खाँदा काचो प्याज वा लसुनको प्रयोग गरेमा यसको समस्या कम हुँदै जानेछ।
– एक चम्चा अर्जुना पौडरको सेवन दिनको एक पटक पानी सँग गर्नुहोस्। एउटा अर्जुनाको रूखको बोक्रालाई पानीमा उमालेर खानाले पनि यो रोग कम हुँदै जानेछ, दुईवटा काचो लसुन बिहान उठ्ने बितिकै पानी सँग खानुहोस्। यसले यो रोग हटाउन धेरै मदत गर्दछ।
– एक ग्लास दुधमा आधा चम्चा बेसार मिसाउनुहोस् र यसको सेवन दिनको दुई पटक गर्नुहोस्। यसले मुटुको रोगलाई घटाउन धेरै मदत गर्दछ, एक कप कागतीको जुस, एक कप अदुवाको जुस, एक कप लसुनको जुस र एक कप स्याउको जुस लिनुहोस् र सबैलाई मिसाउनुहोस् र त्यसको माथिबाट तिन कप मह राखेर मिलाउनुहोस् र एउटा बोतलमा राख्नुहोस्। हरेक बिहान एक चम्चा यसको प्रयोग गर्नुहोस्। जसकारण मुटुको रोगमा धेरै कमि ल्याउने गर्दछ।
– अर्जुन रूखको बोक्रालाई पिनेर पाउडर बनाएर त्यसको पाउडर एक कप पानी र एक कप दुधमा राखेर पकाउनु र बाक्लो भएपछि यसलाई छानेर यसको सेवन हरेक दिन बिहान खाली पेट वा राती सुत्न अगाडी एक पटक प्रयोग गर्दा यसले यो रोग हुनबाट रोक्छ र कम पनि गर्दछ।
– एक कप काचो लौकाको जुस, तुलसीको पातको जुस, पुडिनाको जु्स र बिरे नुन मिलाएर र त्यसको सेवन दिनमा एक पटक ३ महिना नियमित प्रयोग गर्नाले यो रोगमा कमि आउने छ र ब्लड प्रेसरमा पनि कमि ल्याउने छ।