जुम्ला–जुम्लाको तिला गाउँपालिका, रारा लिही र हिमा गाउँपालिकाका स्थानीयवासीले निगालोबाट निर्मित सामग्री बनाउन थालेका छन्।
पेस नेपालको सहयोगले स्थानीयस्तरमै उत्पादन हुने निगालोबाट दैनिक प्रयोगमा आउने डोको, नाङ्लो, मुडा, टोकरी, डालोलगायतका सामग्री बनाउन थालेका हुन्।
घरायसी प्रयोगमा आउने सामग्रीको अध्ययन गर्नका लागि एकमहिने तालीम दिएका हौँ। तालीमबाट स्थानीयवासीले राम्रो काम गरेको र उनीहरुलाई व्यवसायमा कुनै कुराको सहयोग गर्न आफू र आफ्नो संस्था तयार भएको संस्थाका अध्यक्ष किशोर न्यौपानेले बताएका छन्।
पेस नेपालले विकट तिला गाउँपालिकामा एकदमै स्मरणीय कार्यक्रम गरेकामा आफू र आफ्नो गाउँपालिकाका तर्फबाट खुशी व्यक्त गरे।
नेपालगञ्ज, सुर्खेतबाट आयात हुने गरेको मुढा, दराज, कुर्सी, डोका र नाङ्लो जस्ता सामग्री गाउँमै उत्पादन हुन थालेपछि स्थानीयवासीको जीवनस्तरमा सुधार आउने हिमा गाउँपालिका–६ का जनकबहादुर रोकायाले बताएका छन्।
गाउँमै सामग्री निर्माण हुन थालेपछि उद्योग दर्ता गरी सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए। (रासस)