कास्की– आइतबार गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पद हुनु र नहुनुले तात्विक फरक नपर्ने बताएका छन्। उनले पत्रकारसँग कुराकानी गर्दै पार्टीले दिएको निर्देशन अनुसार अघि बढ्ने जनाए।
प्रवक्ता श्रेष्ठको अनुसार आर्थिक क्रान्तिको प्रक्रियालाई अघि बढाउन पार्टी दत्तचित्त भएर लागेको छ। हजारौं हजारको बलिदानले समाजवादको बाटो तर्फ आफुहरु अघि बढेको उनले बताए।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीको जितले समृद्धिको बाटोमा लम्किन थप टेवा पुग्ने उनको भनाई छ। गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको लागि नेकपाबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेले उम्मेदवारी मनोनयन दर्ता गराईसकेका छन्।