काठमाडौं–नेपाल बैंकर्स संघका नवनिर्वा्चित अध्यक्ष भुवन दाहालले पदभार ग्रहण गरेका छन्। शनिबार आयोजित एक कार्यक्रममा दाहालले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गरेपनि नयाँ कार्यसिमितिको पहिलो बैठक बस्न बाँकी नै रहेकाले कुनै प्रतिबद्दता नगरेको दाहालले बिजपाटीसँगको कुराकानीमा बताएका छन्।
दाहलले आफ्नो कार्यकालमा बैंकलाई लागेका बिभिन्न आरोप आफ्नो प्राथमिकता हुने बिजपाटीसंगको अन्तर्वार्तामा बताएका थिए।
संघको साधारणसभाले एक महिना अगाडी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालको नेतृत्त्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।
महिना दिन अगाडी नै दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपनि अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल पुष २० गतेबाट सकिएकाले दाहालले पुष १९ गते पदभार ग्रहण गरेका हुन।
संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा एसविआइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भाटनागर छन्। त्यस्तै सदस्याहरुमा सनराइज बैंकका सिइओ जनक शर्मा पौड्याल, नेपाल बैकंका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनएमबी बैंकको सिइओ सुनिल केसी चयन भएका छन्।
यस्तै एनसिसि बैंंकका सिइओ रमेशराज अर्याल,सिभिल बैंकका गोविन्द गुरुङ र माच्छापुच्छ्रे बैंकका सुमन शर्माको कार्यकाल बाँकी नै छ।