एजेन्सी–अमेरिकाले ३ हजार सेना मध्यपूर्वी क्षेत्रका लागि पठायो।इरानी फौजका कमाण्डर कुसाम सोलेमानीको हत्या लगत्तै अमेरिकाले यस्तो निर्णय गरेको हो। अमेरिकी सेनाको हवाइ हमलाबाट इरानी सेनाको क्वीड्स फोर्सका प्रमुख सोलेमानी इराकको बगदादमा मारिएका थिए।
उनीसँगै पपुलर मोबिलाइजेशन फोर्सुका कार्यवाहक कमाण्डर अबु महदी अल मुहन्दिस पनि मारिएका थिए। यही साता कुवेतमा अमेरिकाले पठाएको ७ सय ५० फौजसँगै शनिबार पठाइएका सेना सामेल हुने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
इराकमा अमेरिकी दूतावासमा प्रदर्शन बडेपछि अमेरिकाले ती सेना पठाएको थियो। हालै इरानी कमाण्डर मारिएपछि फेरि ३ हजार भन्दा बढी सेना पठाएको हो। इरानमा भने अमेरिकाविरोधी प्रदर्शन जारी छ। अमेरिकाविरुद्ध नारावाजी गर्दै उसको पछिल्लो आक्रमणको चर्को विरोध भएकोअन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।