काठमाडौं– माछा खानाले हाम्रो मस्तिष्कलाई सधैं ताजा र तेज राख्नमा मद्दत पुर्याउँछ। त्यसैले नियमित माछा खानु अति स्वस्थ्यकर मानिन्छ। माछामा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ। माछामा प्रशस्त मात्रामा भिटामिन ’डी’ र क्याल्सियम पाइने हुँदा यसले हाम्रो शरीरका हड्डी, दाँतलाई मजबुत बनाउँछ।
नियमित माछा खनाले हाम्रो दिमाग सधैं तेज रहने गर्छ। शरीरको खराव कोलेस्टेरोल घटाएर मुटुसम्बधी रोग लाग्नबाट बचाउनुका साथै हर्टयाट्याक हुन दिँदैन। माछा खाने गर्नाले डिप्रेसनबाट मुक्त भइ निद्रा अत्यन्त राम्रो हुँदै जान्छ। यसले आँखाको भिजन बढाउनुको साथ साथै आँखा तथा छालालाई सधैं स्वस्थ्य राख्छ। माछा या माछाको फूल खाने गर्नले छालासम्बन्धी सम्पूर्ण रोग निको हुन्छ र डन्डीफोर आउने सम्भावना कम भएर जान्छ।
शरीरिक वजन घटाउन पनि नियमित माछा खनाले धेरै हदसम्म मद्दत गरेको देखिएको छ। यसले उच्च रक्तचापलाई नियन्त्रन गरी कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउनका साथै क्यान्सरबाट छुट्कारा पाउन पनि सहयोग र्पुयाएको हुन्छ। सधैं निराश देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने, शरीरमा उर्जा उत्पन्न हुनुका साथै काम गर्न फूर्ति र दैनिक कार्यमा परिवर्तन आउन थाल्छ।