एजेन्सी– विश्वकै ठूलो इलेक्ट्रोनिक्स एक्स्पोमा हुन्डाईले उड्ने कारको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ। आगामी जनवरी ७ देखि १० तारिखसम्म अमेरिकाको लस भेगासमा आयोजना हुने कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पोमा हुन्डाईले उक्त कन्सेप्ट सार्वजनिक गर्ने भएको हो।
यसलाई हुन्डाईले सहरी यातायातको नयाँ अवधारण अन्तर्गत रहेर उक्त कन्सेप्ट कार प्रदर्शनी गर्ने जनाएको छ। ‘पर्सनल एयर भेहिकल’(पीएभी) को रुपमा आउने यो कारले भविष्यमा सहरी क्षेत्रको यातायातमा ठूलो परिवर्तन ल्याउने अनुमान गरिएको छ।
निकै परिष्कृत ‘कष्टुमेवल कन्सेप्ट’मा निर्माण हुने यो कारमा अटोनोमस ड्राइभिङको अलावा थुप्रै अनौठा फिचरले भरिपूर्ण हुने अनुमान गरिएको छ। यसमा दुईवटा स्मार्ट मोविलिटी डिभाइसको प्रयोग गरिने छ।
हुन्डाईले ‘दि हव’ नामबाट यस्ता कार उड्ने र रोक्ने व्यवस्था गर्ने जनाएको छ। यस्ता हवबाट यी कारलाई सहजै टेक अफ र ल्यान्डिङ गर्न सकिने छ। तर, यस्ता हवहरु विभिन्न समूदायमा छुट्टै निर्माण गर्नु पर्ने हुन्छ। उड्ने कार निर्माणमा विभिन्न कम्पनीले काम गरिरहेको समयमा हुन्डाईले ल्याउन लागेको यो कन्सेप्टले निकै ठूलो चर्चा पाउने सहजै अनुमान गर्न सकिन्छ।