काठमाडौं– नेपाली चलचित्रमा नायिका स्वस्तिमा खड्का अहिले नम्बर १ नायिका हुन्। उनी काम र अवार्ड कार्यक्रममा उतिकै व्यस्त छिन्। उनै स्वस्तिमा शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’ मा आकर्षक बनेर पुगिन्। शनिबार परेको पानीको समेत प्रवाहा नगरि पुगेकी स्वस्तिमा केही समय अवार्ड समारोहमा रहिन्। स्वस्तिमा अवार्ड समारोहका बसिरहँदा कार्यक्रम शुरु भएको केही समय मात्र भएको थियो।
तर, स्वस्तिमा केही समयमा नै अवार्ड समारोहबाट बाहिरिइन्। स्वस्तिमाले क्यामेरापर्सनहरुलाई ‘बाइबाइ’ गर्दै अवार्ड समारोहबाट बाहिरिएकी थिइन्। तर, स्वस्तिमा अवार्ड समारोहबाट बाहिरिएको केही समयपछि उनले ‘पपुलर अवार्ड’ प्राप्त गरिन्।कार्यक्रम सञ्चालक र स्टेजमा अवार्ड वितरण गर्न पुगेका अतिथीले स्वस्तिमालाई प्रतिक्षा गरे। तर, स्वस्तिमा सो समयमा कार्यक्रममा उपस्थित थिइनन्। स्वस्तिमा छायाँङ्कनमा जानुछ भन्दै हिडेकी थिइन्। स्वस्तिमाको अवार्ड निर्देशक दीपाश्री निरौलाले लिएकी थिइन्।
रोचक कुरा के छ भने, स्वस्तिमा अवार्ड पाउँदा सो समारोहमा उपस्थित थिइनन्। तर, अवार्ड कार्यक्रम सकिएपछि नायिका प्रियंका कार्की भने आइपुगिन्। प्रियंकाले ‘उत्कृष्ट सह–अभिनेत्री’ को अवार्ड पाएकी थिइन्। सो समयमा भने उनी अवार्ड समारोहमा आइपुगेकी थिइनन्। कार्यक्रम सकिएपछि आएकी प्रियंकालाई आयोजकले अवार्ड हस्तान्तरण गरेको थियो। यसो किन भएको भन्ने सबैको मनमा प्रश्न उत्पन्न भएको छ।