काठमाडौं– नयाँ वर्ष २०२० को अवसरमा भायानेटले “ट्रिपल ट्वान्टी अफर” २०एमवीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको छ।
यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हजार ४ सय रुपैयाँमा उपलब्ध छ, जसमा २५०प्लस च्यानलहरु भएको नेट टीभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा एक हजार छुट प्रदान गरिने कम्पनीले जनाएको हाे।
यसका साथै भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकोले “ट्रिपल ट्वान्टी अफर” नयाँ ग्राहकको लागि भायानेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय हो। यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुने कम्पनीले जनाएकाे छ।