महोत्तरी– दुई दिनदेखि बर्षाको कारण महोत्तरी जिल्लाको प्रमुख सडक जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ।
सो सडकखण्डमा चौडाइ बढाउने लगायतका निर्माण कार्य भइरहेको छ। दुई दिन लगातार परेको वर्षाले सडक हिलाम्य बनेको छ। सवारी साधन चलाउन नसकिने अवस्था भएपछि दुई दिनदेखि सडकखण्ड अवरुद्ध भएको हो।
बस व्यवसायीको अनुसार जलेश्वरदेखि बर्दिबाससम्मको ४२ किलोमिटर सो सडकखण्डमा प्रत्येक दिन बिहान ५ देखि बेलुका ५ बजेसम्म जम्मा १३ वटा सार्वजनिक यातायातका साधन बस सेवा चल्दै आएकामा दुई दिनदेखि १३ वटै बस चलेको छैन्।
बसलगायत कुनैपनि सार्वजनिक सवारीसाधन नचल्दा त्यस क्षेत्रको करिब १० वटा स्थानीय तहका हजारौँ यात्रु प्रभावित भएका छन्।