एजेन्सी– युट्युबले नयाँ सुविधा थप गर्ने तयारी गरेको छ। विश्वभरी भिडियोका लागि सबैभन्दा रुचाइएको माध्यम युट्युबले वेभ भर्सनमा आवाजबाटै खोज्न तथा सर्च गर्न सकिने छ।
यसअघी माेबाइल भर्सनमा उपलब्ध याे सुविधा अब वेभ भर्जनमा समेत उपलब्ध गराउने भएकाे हाे। चिनियाँ डेभलपर जेन म्यानचुन वाङले युट्यूबले ल्याउन लागेको उक्त फिचरको खुलासा गरेकी हुन्। उनी कोडसँग खेलेर भविष्यमा आउने नयाँ सुविधाको विषय पत्ता लगाउने कार्यमा विश्वमै चर्चित छिन्।
उनले सार्वजनिक गरेको फाईलमा युट्युबको हाल सर्च बक्स रहेको साइडमा भ्वाइस सर्च सिस्टम राख्न लागेको छ। जसमार्फत आवाजबाट बोलेको भरमा युट्युबमा भएको कन्टेन्ट सर्च गर्न सकिनेछ। यो सुविधा कहिलेबाट आउँछ भन्ने यकीन नभए पनि यहि सन् २०२० भीत्र आउन सक्ने अनुमान गरिएको छ।