काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापाले ‘सागर थापा स्काई गोल्स फुटसल ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएका छन्। फुटसलको प्रशिक्षण दिने उद्धेश्यले ट्रेनिङ सेन्टर सत्तचालनमा ल्याइएको हो।
महाराजगन्जस्थित भाटभटेनीमा रहेको स्काइ गोल्स फुटसलमा नै सागरले ‘सागर थापा स्काई गोल्स फुटसल ट्रेनिङ सेन्टर’ को सुरुवात गरेका हुन्। करिब एक महिना अघिदेखि सञ्चालनमा आएको उक्त ट्रेनिङ सेन्टरमा ५ देखि १५ वर्ष उमेर समूहका खेलाडीहरुले प्रशिक्षण गरिरहेका छन्।
प्रशिक्षणमा ५ देखि १५ वर्षसम्मका खेलाडीहरुले विगत १ महिनादेखि नियमित प्रशिक्षण गरिरहेको र खेलाडीहरु बढ्दै गइरहेको प्रशिक्षक सागर थापाले जानकारी गराए।
ग्रासरुटलाई फोकस गर्दै ट्रेनिङ सेन्टरको स्थापना भएपनि बच्चाहरुलाई ग्याजेट्स (मोवाइल) बाट टाढा राख्ने उद्देश्य रहेको रहेको बताइएको छ। प्रशिक्षण हरेक साताको शनिबार चक्रपथ भाटभटेनीस्थित सागर थापा स्काई गोल्ज फुटसलमा बिहान १० देखि १२ बजेसम्म प्रशिक्षण हुने गर्दछ।