काठमाडौं–त्रिभुवन विश्वविधालय परिसरभित्र निर्माण भई सञ्चालनमा रहेको प्रहरी चौकी हटाउने सहमति भएको छ। लामो समयदेखि चौकी हटाउन माग गर्दै आन्दोलन गरेपछि तत्काल हटाउने सहमति भएको हो।
त्रिवि हाताबाट प्रहरी चौकी तत्कालै हटाउने नेपाल विधार्थी संघ र त्रिवि विधार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सहमति गरेका हुन्।विसंघका त्रिवि इकाइ सचिव योगेन्द्र रावल र निर्देशक गंगाबहादुर थापा मगरबिच आइतबार भएको सहमतिपत्रमा प्रहरी चौकी त्रिवि हाताबाट तत्काल हटाउने उल्लेख छ।
कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पस र आयुर्वेद अस्पतालको अगाडि प्रहरी चौकी छ। शैक्षिक संस्थामा चौकी राख्न नहुने भन्दै विद्यार्थी संघले आन्दोलन गर्दै आएको थियो।
त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले नेविसंघले समस्या समाधानका लागि १५ दिने अल्टिमेटम दिएपछि छलफल भएको थियो। त्रिविमा राजनितिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्ने पनि सहमति भएको छ।