काठमाडौं– ‘महानायक’ राजेश हमाल र अर्का नायक भूवन केसी राजेश हमाल र अर्का नायक भूवन केसी विच प्रायः विरलै भेटघाट हुने गर्दछ। सार्वजनिक कार्यक्रममा जुरिहाल्यो भने मात्र यी दुई नायकले एक अर्कासँगै भलाकुसारी गर्न पाउँछन्। केही समय अगाडि अमेरिकामा आयोजना भएको एक अवार्ड समारोहमा राजेश र भूवनले गफिने मौका पाएका थिए। यी दुई नायक शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’ मा देखिए। कार्यक्रममा भूवन अतिथी बनेर पुगेका थिए। उनले, कार्यक्रममा गीत समेत गाए। यस्तै, अर्का नायक राजेश हमाल त कार्यक्रम संचालक नै थिए।
हमाल र भूवन एकसाथ बसेका थिए। कार्यक्रम अवधीभर यी दुई सबैको केन्द्रमा रहे। कार्यक्रम सञ्चालकले पनि राजेश र भूवनकै बिषयमा कुरा गर्न धेरै समय खर्चिएका थिए। दुई नायक भने एकसाथ लामो समयसम्म गफिएका थिए। नायक राजेश हमाल र भूवन केसीको क्रेज आज पनि उस्तै छ। भलै, चलचित्रको पर्दामा यी दुइलाई हेर्न दर्शक पहिलेजस्तो आउँदैनन्। तर, दुइले आफ्नो स्टारडमलाई कमजोर हुन दिएका भने छैनन्।
नायक राजेश हमाललाई ‘महानायक’ को उपाधि दिदा भूवन केसी सन्तुष्ट नरहेको चर्चा पनि चलचित्र बजारमा चलेको थियो। तर, भूवन केसीले भने राजेश हमालसँग आफ्नो कहिले पनि तिक्तता नभएको बताउँदै आएका छन्। राजेश र भूवनले एकसाथ थोरै चलचित्रमा मात्र काम गरेका छन्। तर, चलचित्र क्षेत्रलाई यो स्थानसम्म डोर्याउन यी दुई नायकको उल्लेखनिय योगदान छ। बजारको हल्लालाई उनीहरु त्यति ध्यान दिँदैनन्। एकअर्काको सधैं भलो चाहनेमा पर्छन्।