काठमाडौं– नेपालमा बसेर अवैध गतिविधि गरिरहेको आरोपमा पक्राउ गरिएका १ सय २२ जना चिनियाँ नागरिकको बयान जारी छ।
आइतबार जिल्ला प्रशासन कायालयमा उनीहरुको बयान लिन शुरु गरिएको हो। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले चिनियाँ नागरिकको बयान लिने काम भइरहेको जानकारी दिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर टेकुले पुस सातमा संयुक्त अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको थियो।