तस्विरः अनलाइन खबरबाट
काठमाडौं– आँप जोडीको नामले लोकप्रिय नायिका पूजा शर्मा र नायक पल शाहको जोडी फागुण २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रतिक्षामा छ। यो चलचित्रको पहिलो सिरिज हिट भएकाले पनि पल र पूजालाई दोश्रो सिरिज कस्तो होला भन्ने डर र उत्साह दुबै छ। यसैले पनि यी दुइले प्रचारका लागि कुनै कसर बाँकी राखेका छैनन्।
चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सार्वजनिक भईसकेको छ। यो गीत अहिल बजारमा हिट भईरहेको छ। यही हिट गीतमा पूजा र पलले शनिबार नृत्य गरेका छन्। ‘कामना फिल्म अवार्ड’ को मञ्चमा पूजा र पलले नृत्य गर्दै दर्शकले पनि साथ दिए। यो गीतमा नृत्य गर्नका लागि पूजा र पलले केही दिन अगाडिबाट नै तयारी गरिरहेका थिए। पल र पूजाको जोडी स्टेजमा आकर्षक देखिएको थियो ।
यी दुई अवार्ड समारोहमा भने अलग–अलग रुपमा पुगेका थिए। तर, स्टेजमा पनि यी दुइको रोमान्टिक अवतारले सबैको ध्यान खिच्यो। सुदर्शन थापा निर्देशित यो चलचित्रलाई सांगीतिक प्रेमकथामा तयार पारिएको छ। पहिलो सिरिजमा दर्शकको अत्याधिक मन जित्न सफल चलचित्र बक्स अफिसमा पनि हिट भएको थियो। त्यसैले अहिले यो चलचित्र दर्शकको पर्खाईँको चलचित्र हो।