एजेन्सी–विश्वमा बिभिन्न अनौठा घटनाहरु घट्ने गर्छन्। जुन घटना हामीलाई विश्वास गर्नै गाह्रो पर्छ, यस्तै एउटा अनौठो घटना आजभन्दा ३० वर्ष पहिले स्कटल्याण्डमा भएको थियो।
स्कटल्याण्डमा आकाशबाट लाशको वर्षा भएको थियो। हामीले आकाशबाट पानीको मात्र वर्षा भएको देखेका होलाउँ। तर स्कटल्याण्डमा किसानहरुले एकैपटक यति धेरै लाशहरुको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए।
स्कटल्याण्डको भूमिमा लाशको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए। तर यो घटना एक ठूलो प्लेन दुर्घटनाका कारण घटेको थियो। पेन एम १०३ नामक प्लेन दुर्घटना भएको थियो।
यो प्लेन जर्मनीको फ्रेन्कफर्टबाट लण्डनतर्फ जाँदै थियो। तर गन्तव्यमा पुग्नु अगावै प्लेन स्कटल्याण्डको आकाशमा दुर्घटना ग्रस्त भएको थियो। उडिरहेको प्लेनमा एक्कासी ब्लास्ट भयो र यात्रुहरुको लाश जमिनमा झर्न थाल्यो। तर केहि मानिसहरु भने जिउँदै जमिनमा खसेका थिए। तर जिउँदै झरेकाहरुको पनि उपचारका क्रममा मृत्यु भयो। यस प्लेन दुर्घटनामा परेर २४३ जना यात्रु र ११ जना चालक दलका सदस्यहरुको मृत्यु भएको थियो।
विमान दुर्घटनाबारे अनुसन्धानका क्रममा यो आतंककारी हमला भएको पुष्टि भएको थियो। स्थानीय एक किसान केट एन्डर्सनका अनुसार उनले मानिसहरु आकाशबाट वर्षा झैँ झरिरहेको देखेका थिए।
उनको खेतमा मात्र ९८ वटा लाशहरु झरेका थिए। आज पनि यो घटना सम्झिएर मानिसहरु डराउने गर्छन्।