काठमाडौं —‘काठमान्डु पोस्ट’का प्रधान सम्पादक अनुप काफ्लेले दिए राजीनामा दिएका छन्। राजीनामा दिए पनि उनी फेब्रुअरी १९ सम्म भने प्रधान सम्पादकै हैसियतमा काम गर्नेछन्।
उनले आफ्नो ट्वीट मार्फत आफूले राजीनामा दिएको उल्लेख गरेका छन्। काफ्ले डेढ वर्षअघि ‘द काठमान्डु पोस्ट’ को प्रधान सम्पादक नियुक्त भएका थिए।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका काफ्लेले यसअघि वासिङटन पोस्ट, बजफिड र द एट्लान्टिक पत्रिकामा काम गरेका थिए।
