बुटवल- अाइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ जानकीनगरबाट १५ केजी किलो चरेस सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मीको रेसुंगा नगरपालिका ८ का पदम थापा र संजय राउत रहेका छन्।
प्रदेश न.५ प्रहरीको विषेश टोली र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी भीमलाल भट्टराईले जनाएका छन्।
पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरू भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भट्टराईले बताएका हुन्।