काठमाडौं– घ्युकुमारीलाई जुन रूपमा नियमित प्रयोग गरेता पनि छालालाई सुन्दरता बढाउन मद्दत गर्दछ। त्यस्तै, यसलाई अन्य पदार्थ मिलाएर बनाएको फेस प्याकले कस्तो फाइदा र्पुयाउँछ। त्यसैले आजहामी घ्युकुमारीको फेस प्याक बनाउने केही टिप्स् बताउदैछौंः
कागती र घ्युकुमारीको प्याकः
एक प्रकारको उपयोगी फेस प्याक घरमै बनाएर तपाईं प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि घ्युकुमारीको जेल तथा कागती चाहिन्छ। घ्युकुमारीको जेलमा कागतीको रस मिलाएर हरेक दिन अनुहार र घाँटीमा लगाउनुस्। बिस्तारै अनुहार चम्कन थाल्छ। यो हरेक प्रकारको छालाका लागि उपयोगी हुन्छ।
काँक्रो र घ्युकुमारीको प्याकः
घ्युकुमारीको जेल निकाल्नुहोस् र एउटा काँक्रो कोरेसोमा कोरेर त्यसको रस निकाल्नुस्। त्यो रसलाई जेलमा मिसाउनुस्। त्यसमा अलिकति गुलाबजल पनि हाल्नुस्। अब प्याक तयार भयो। यसलाई अनुहार तथा घाँटीमा लगाएर २० मिनेट छाडिदिनुस्। त्यसपछि पानीले सफा गर्नुस्। यो प्याक संवेदनशील छाला हुनेलाई बढी उपयोगी हुन्छ।
बेसन र घ्युकुमारीको प्याकः
एक कचौरा घ्युकुमारीको जेल निकाल्नुस्, यसमा बेसन, दही, गुलाबजल र सुन्तलाको बोक्राको धुलो मिलाएर बाक्लो लेदो बनाउनुस्। यसलाई अनुहार र गर्दनमा हप्ताको दुईपटक लगाउनुस्। केही समयपछि तपाईंले फरक महसुस गर्नुहुन्छ। यो प्याक सामान्य छाला हुनेका लागि उपयोगी हुन्छ।
मह र घ्युकुमारीको प्याकः
ताजा घ्युकुमारीको पातलाई राम्ररी धोएर पानीमा उमाल्नुस् र यसलाई लेदो (पेस्ट) बनाउनुस्। यसमा थोरै मह हालेर प्याक बनाउनुस्। त्यो प्याकलाई अनुहार र घाँटीमा लगाएर २० देखि २५ मिनेटसम्म छाडिदिनुस्। त्यसपछि धुन सकिन्छ। यस्तो फेस प्याक हप्तामा दुईपटक लगाउँदा राम्रो हुन्छ।
केरा र घ्युकुमारीको प्याकः
एउटा पाकेको केरालाई राम्रोसँग मिच्नुस्। यसमा दुई ठूलो चम्चा घ्युकुमारीको जेल र दुई ठूलो चम्चा मह हाल्नुस्। यो तीन चिजलाई राम्ररी मिलाएर अनुहारमा घुमाई–घुमाई मसाज गर्नुस् र केही समयका लागि छाडिदिनुस्। त्यसपछि मनतातो पानीले धुनुस्। यो प्याक संवेदनशील छालाका लागि बढी उपयोगी हुन्छ।
मसला बदाम र घ्युकुमारीको प्याकः
मसला बदामलाई राम्ररी पिँध्नुस्। यसमा दुई चम्चा घ्युकुमारीको जेल हाल्नुस्। यसलाई राम्ररी मिलाएर अनुहार र घाँटीमा लगाउनुस्। करिब १५ मिनेटपछि राम्ररी धुनुहोस्। यो प्याक ढल्कँदो उमेर भएका र सुक्खा छाला भएकालाई उपयोगी हुन्छ।