एजेन्सी– केन्याको अमेरिकी बेसमा आइतबार भएको आतंककारी हमलामा तीन अमेरिकी मारिएका छन्।
मारिनेमा एकजना अमेरिकी सर्भिस मेम्बर र दुई जना ठेकेदार रहेका छन्। सो आक्रमण अल शबाबले गराएको अमेरिकी रक्षा मन्त्रालयको युएस अफ्रिका कमान्डले जनाएको छ।
अन्य दुई जना अमेरिकी घाइते भएकोमा उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ। सो आक्रमण केन्याको मन्डा बेमा भएको थियो। सो बेस युएस स्पेसल अपरेसन फोर्सले प्रयोग गरिरहेको छ। मारिएका अमेरिकीहरुको नाम भने सार्वजनिक गरिएको छैन। सीएनएन